BIZMANDU
www.bizmandu.com

हिमालयन डिष्टिलरीको बोनस सेयर नेप्सेमा सूचीकृत, थपियो ६१ लाख ४६ हजार कित्ता

२०८२ पुष १७

हिमालयन डिष्टिलरीको बोनस सेयर नेप्सेमा सूचीकृत, थपियो ६१ लाख ४६ हजार कित्ता
हिमालयन डिष्टिलरीको बोनस सेयर नेप्सेमा सूचीकृत, थपियो ६१ लाख ४६ हजार कित्ता

काठमाडौं। हिमालयन डिष्टिलरीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको ६१ लाख ४६ हजार ८०३.६२ कित्ता सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। बोनस सेयरसँगै हिमालयन डिष्टिलरीको चुक्ता पुँजी ३ अर्ब ६८ करोड ८० लाख रुपैयाँ पुगेको छ।

नेप्सेमा सूचीकृत भएको बोनस सेयर आइतबारदेखि कारोबारमा आउनेछ। कम्पनीको सेयर बिहीबार प्रति कित्ता ११५६ रुपैयाँका दरले किनबेच भएको छ।