BIZMANDU
www.bizmandu.com

नाडाको अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध, अन्य पदाधिकारीमा पनि चुनाव नगराउन छलफल

२०८२ पुष १७

नाडाको अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध, अन्य पदाधिकारीमा पनि चुनाव नगराउन छलफल
नाडाको अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध, अन्य पदाधिकारीमा पनि चुनाव नगराउन छलफल

काठमाडौं। अटो व्यवसायीहरूको संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध भएका छन्। अध्यक्षमा उप्रेतीको मात्र उम्मेदवारी परेको छ।

Tata
GBIME
Nepal Life

नाडाले निकालेको चुनावी तालिकाअनुसार आज १२ बजेसम्म अध्यक्ष पदमा उम्मेदवारी दिने अन्तिम समय थियो। उक्त समयमा अन्य कुनै पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएका हुन्।

उप्रेती यसअघि नाडाका महासचिव थिए। उनी स्पेयर पार्ट्स व्यवसायी हुन्।

उप्रेती सिएट टायर बिक्री गर्ने एसटीसी ग्रुपका प्रबन्ध निर्देशक हुन्। उनले केही समयअगाडि इलेक्ट्रिक गाडी पनि नेपाल ल्याउने योजनामा केही ब्रान्डसँग सम्झौता गरिसकेका छन्।

केन्द्रीय कार्यसमितिका सदस्यहरूको निर्वाचन यही पुस २५ मा हुने तय भएको छ। यस्तै, अन्य पदाधिकारीहरूको पनि निर्विरोध हुने देखिएको छ।

सदस्यमा १७ जना आवश्यक रहेकोमा १८ जनाको उम्मेदवारी परेको छ। १८ जनामध्ये एक जनाले मनोनयन फिर्ता गर्ने र उनलाई मनोनयन गरेर सदस्यमा ल्याउने गरी छलफल भइरहेको नाडाले जनाएको छ।