BIZMANDU
www.bizmandu.com

रसुवा भन्सार नाकाबाट ६ महिनापछि सामान आयात गरिंदै, व्यापारीका कन्टेनर केरुङतर्फ

२०८२ पुष १७

रसुवा भन्सार नाकाबाट ६ महिनापछि सामान आयात गरिंदै, व्यापारीका कन्टेनर केरुङतर्फ
रसुवा भन्सार नाकाबाट ६ महिनापछि सामान आयात गरिंदै, व्यापारीका कन्टेनर केरुङतर्फ

काठमाडौं। रसुवा भन्सार नाका ६ महिनापछि बिहीबारबाट सञ्चालनमा आएको छ।

Tata
GBIME

गत असारमा बाढीले पुल बगाएपछि पूर्णरुपमा बन्द भएको नाका चीनले बेलिब्रिज बनाएपछि सञ्चालनमा आएको हो।

रसुवा भन्सार कार्यालयका भन्सार प्रमुख तुलसी भट्टराईले चीनबाट दिउँसोदेखि सामान आउने बताए। ‘खाली कन्टेनर बिहानदेखि चीनतर्फ गइरहेका छन्। केरुङमा अड्किएका सामान दिउँसोदेखि नेपाल भित्रिन्छ,’ उनले भने।

यो नाकाबाट दैनिक ३० भन्दा बढी कन्टेनरमा सामान आयात हुने गरेकामा असार २३ गते ल्हेन्दे खोलामा आएको बाढीले दुई देशलाई जोड्ने पुल बगाएपछि नाका बन्द हुन पुगेको थियो।