BIZMANDU
www.bizmandu.com

एन्ड्रोइड र आइओएस प्लेटफर्ममा आयो खर्च व्यवस्थापन गर्न सजिलो बनाउने ‘स्पिल्टप्याट्रन’ एप

२०८२ पुष १६

एन्ड्रोइड र आइओएस प्लेटफर्ममा आयो खर्च व्यवस्थापन गर्न सजिलो बनाउने ‘स्पिल्टप्याट्रन’ एप
एन्ड्रोइड र आइओएस प्लेटफर्ममा आयो खर्च व्यवस्थापन गर्न सजिलो बनाउने ‘स्पिल्टप्याट्रन’ एप


काठमाडौं । अहिले मानिसहरु काम र करियरबीच निकै व्यस्त हुन थालेका छन्। जसकारण उनीहरु दैनिकजसो हुने खर्च रेकर्ड गर्ने उपायहरु प्रविधिमार्फत खोजिरहेका छन्। दैनिक हुने खर्च व्यवस्थापनको झन्झट हटाउने उद्देश्यसहित नयाँ मोबाइल एप ‘स्पिल्टप्याट्रन’ सार्वजनिक भएको छ।

Vigo
GBIME
Tata

नेपाली डेभलपरले डिसेम्बर ८ मा आधिकारिक रुपमा सार्वजनिक गरेको यो एप अहिले आइओएस र एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध छ।

यो एपबाट यात्रा, साझा अपार्टमेन्ट, समूहमा खाना खाने वा विभिन्न कार्यक्रमका खर्च बाँड्नुपर्ने व्यक्तिहरुले सहजै प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ। एपमार्फत समूह बनाउने, खर्चको लेखाजोखा गर्ने, पैसा कसले तिर्‍यो र कसले कति तिर्न बाँकी छ भन्ने कुरा सजिलै ट्रयाक पनि गर्न सकिन्छ।

यो एप नेपालमा साथीभाइसँग घुम्न जाने, परिवारमा साझा खर्च, रुममेटसँग भाडा र बिल बाँड्ने, अफिसका सहकर्मी वा होस्टलमा बस्ने विद्यार्थीहरूका लागि उपयोगी हुने एप निर्माताको दाबी छ। अझै पनि धेरैले खर्च हातैले वा सम्झनाको भरमा हिसाब राख्ने गरिएको भन्दै यो एपले डिजिटल रुपमा सरल र स्पष्ट समाधान प्रदान गर्ने अपेक्षा गरेको एप निर्माताले जनाएका छन्।