BIZMANDU
www.bizmandu.com

सिन्धु विकास बैंकका सीइओ देवकोटाले वर्ष दिनमै दिए राजीनामा, सञ्चालक समितिबाट स्वीकृत

२०८२ पुष १६

सिन्धु विकास बैंकका सीइओ देवकोटाले वर्ष दिनमै दिए राजीनामा, सञ्चालक समितिबाट स्वीकृत
सिन्धु विकास बैंकका सीइओ देवकोटाले वर्ष दिनमै दिए राजीनामा, सञ्चालक समितिबाट स्वीकृत

काठमाडौं। सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेश देवकोटाले वर्ष दिनमै राजीनामा दिएका छन्।

Tata
GBIME
Nepal Life

देवकोटाले व्यक्तिगत कारण देखाए पुस ९ गते दिएको राजीनामा बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले स्वीकृत गरेको छ। सञ्चालक समितिले माघ १ गतेदेखि लागू हुने गरी देवकोटाको राजीनामा स्वीकृत गरेको हो।

उनी एक वर्षअघि चार वर्षका लागि बैंकको सीइओ नियुक्त भएका थिए।

चार्टर्ड एकाउन्टेट देवकोटाले २०८१ पुस १ गतेदेखि बैंकको सीइओको जिम्मेवारी सम्हालेका थिए। देवकोटा नबिल बैंकको सहायक कम्पनी नबिल स्टक डिलरको सीइओ छोडेर सिन्धु विकास बैंक गएका थिए।

राष्ट्र बैंकले समयमै आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गरे पनि बैकका संचालकहरुको आन्तरिक किचलोका कारणले गर्दा वार्षिक साधारण सभा पुस मसान्तभित्र नहुने स्थिति आएपछि देवकोटाले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको स्रोतले बताएको छ।