काठमाडौं। पालुन खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ। हाइड्रोपावरले आइपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा बोलाएको छ।
कम्पनीले पुस २२ गते साधारण सभा गर्न लागेको हो।
साधारण सभाबाट पारित भएपछि कम्पनीको आइपीओ निष्कासन प्रक्रिया सञ्चालक समितिले अगाडि बढाउनेछ।
साधारण सभामा ३ वटा साधारण र ३ वटा विशेष प्रस्ताव पेस गरिंदैछ।