BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्यवृद्धिमा ब्रेक, सुन तोलामा ७ हजार ९ सय घट्दा चाँदी ३०५ रुपैयाँ सस्तियो

२०८२ पुष १५

सुनचाँदीको मूल्यवृद्धिमा ब्रेक, सुन तोलामा ७ हजार ९ सय घट्दा चाँदी ३०५ रुपैयाँ सस्तियो
सुनचाँदीको मूल्यवृद्धिमा ब्रेक, सुन तोलामा ७ हजार ९ सय घट्दा चाँदी ३०५ रुपैयाँ सस्तियो

काठमाडौं। सुनको मूल्य उच्च विन्दुबाट एकै दिन तोलामा ७ हजार ९ सय रुपैयाँले घटेको छ। मंगलबार कारोबार मूल्य प्रति तोला २ लाख ६२ हजार १ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME

अघिल्लो दिनका तुलनामा ६ सय रुपैयाँ घटेर सोमबार प्रति तोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो। गत आइतबार प्रति तोला २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो, जुन सुन हालसम्मकै उच्च थियो।

चाँदीको मूल्य पनि मंगलबार घटेर प्रति तोला ४ हजार ५ सय ९० चाँदी रुपैयाँमा आइपुगेको छ। अघिल्लो दिनका तुलनामा तोलामा ३ सय ५ रुपैयाँ घटेको हो। सोमबार तोलाको ४ हजार ८ सय ९५ रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४३६४.७६ डलर र चाँदी प्रतिऔंस ७४.२४ डलर छ। सोमबार सुन ४५१४.२७ डलर र चाँदी प्रति औंस ७९.११ डलर थियो।