BIZMANDU
www.bizmandu.com

युरोपमा रहेका नेपालीले अब स्मार्ट पेमार्फत रेमिटेन्स पठाउन सक्ने, माछापुच्छ्रे बैंकले गर्‍यो सम्झौता

२०८२ पुष १४

काठमाडौं। माछापुच्छ्रे बैंकले साइप्रसस्थित स्मार्ट पेसँग सम्झौता गरेको छ।

Tata
GBIME
Nepal Life

युरोपेली देशबाट त्यहाँ रहेका नेपालीलाई नेपालमा रेमिटेन्स पठाउन सहज होस् भनेर स्मार्ट पेसँग सम्झौता गरेको बैंकले जनाएको छ।

रेमिटेन्स सम्बन्धी सम्झौतापत्रमा स्मार्ट पेका तर्फबाट मुख्य सञ्चालन अधिकारी स्टेफनीइसाबेल हेराक्लिओस र माछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार युरोपेली देशमा रहेका नेपालीले साइप्रस, ग्रीस, पोर्चुगल लगायत युरोपेली देशबाट स्मार्ट पेका सबै प्रतिनिधि कार्यालय, मोबाइल एप र अनलाइन सेवामार्फत एमबीएल रेमिट गरी रेमिटेन्स पठाउन सक्नेछन्।

त्यस्तो रकम माछापुच्छ्रे बैंकका १६५ वटा शाखा, शाखारहित बैकिङ सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढी रेमिटेन्स एजेन्टमार्फत भुक्तानी लिन सकिनेछ।