BIZMANDU
www.bizmandu.com

नागढुंगा-मुग्लिन सडक स्तरोन्नति : बिजुलीका पोलले निर्माण कार्यमा समस्या (तस्बिरहरू)

२०८२ पुष १४

नागढुंगा-मुग्लिन सडक स्तरोन्नति : बिजुलीका पोलले निर्माण कार्यमा समस्या (तस्बिरहरू)
नागढुंगा-मुग्लिन सडक स्तरोन्नति : बिजुलीका पोलले निर्माण कार्यमा समस्या (तस्बिरहरू)

काठमाडौं। नागढुंगा-मुग्लिन सडक खण्डमा स्तरोन्नतिको काम जारी छ। सडक फराकिलो बनाउने काम भइरहेको देखिन्छ।

Tata
GBIME
Nepal Life

सडक निर्माणको काम अपेक्षित गतिमा भएको भने छैन। निर्माणमा ढिलाइको मुख्य कारण बिजुलीका पोल नसारिनु हो। हाल मलेखु खण्डमा केही पोलहरू सार्न सुरु गरिएको छ।

नौबिसेदेखि धार्केसम्म ७० र आदमघाटदेखि मलेखुसम्म ९० पोल अझै हटाउन बाँकी छन्। कतिपय स्थानमा पोल बीचमै राखेर सडक विस्तार भइरहेको देखिन्छ।

७०० भन्दा बढी पोल सार्ने सम्झौतामध्ये करिब ६० प्रतिशत काम मात्र सकिएको छ। बजेट र समन्वयको विवादले काम ढिलो भएको छ।

विश्व बैंकको ऋण सहयोगमा यो सडक विस्तार भइरहेको हो। नागढुंगा-नौबिसे, नौबिसे-मलेखु र मलेखु-मुग्लिन खण्डमा फरक-फरक निर्माण कम्पनीले काम गरिरहेका छन्।

३ वर्षमा सक्ने लक्ष्य भए पनि पोल विवाद, सामग्री अभाव र प्रशासनिक ढिलाइले निर्माण प्रभावित बनेको छ।