BIZMANDU
www.bizmandu.com

भारतीय बजारमा एक महिनाभित्र ७ वटा नयाँ एसयूभी आउँदै, कुन ब्रान्डले सार्वजनिक गर्दैछन् गाडी?

२०८२ पुष १३

भारतीय बजारमा एक महिनाभित्र ७ वटा नयाँ एसयूभी आउँदै, कुन ब्रान्डले सार्वजनिक गर्दैछन् गाडी?
भारतीय बजारमा एक महिनाभित्र ७ वटा नयाँ एसयूभी आउँदै, कुन ब्रान्डले सार्वजनिक गर्दैछन् गाडी?

काठमाडौं। भारतीय बजारमा विभिन्न ७ वटा नयाँ एसयूभी ल्याउने तयारी गरिएको छ।

Tata
GBIME
Nepal Life

महिन्द्रा, मारुती सुजुकी, रेनो, टाटा, एमजी, निसान, किया र टोयोटा ब्रान्डले नयाँ एसयूभी ल्याउन लागेका हुन्। यी कम्पनीले जनवरीको सुरुदेखि अन्त्यसम्म बजारमा नयाँ एसयूभी ल्याउने तयारी गरिरहेका छन्।

ती कम्पनीले नेक्स्ट जेनेरेसन एसयूभी, इलेक्ट्रिक कार, फेसलिफ्ट मोडल र फेमिली कार पनि ल्याउने योजना बनाइरहेका छन्।

कियाको सेकेन्ड जेनेरेसन सेल्टोस जनवरी २ मा लन्च गर्ने तयारी छ। यसलाई केथ्री प्लेटफर्ममा निर्माण गरिएको हो। गाडीमा नयाँ ग्रिल, गोलो एलईडी हेडलाइट, भर्टिकल डीआरएल, १२.३ इन्चको डुअल स्क्रिन भएको क्याबिन, प्यानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, एडास लेभल २ लगायत फिचर थप गरिएका छन्।

महिन्द्रा एक्सयूभी ७एक्सओ र एक्सयूभी ७०० को फेसलिफ्ट मोडल जनवरी ५ मा सार्वजनिक गर्ने तयारी छ।

स्कोडाको कुशाक फेसलिफ्ट किया सेल्टोसमा जस्तै फिचर थप गरेर बजारमा ल्याइँदैछ।

रेनोको नयाँ डस्टर गाडी जनवरी २६ मा लन्च गर्ने तयारी छ। यसलाई कम्पनीले नयाँ जेनेरेसनमा ल्याउन लागेको हो। वाई सेप एलईडी लाइटिङ, मस्कुलर बडी क्लाइडिङ, हाइ ग्राउन्ड क्लियरेन्स, डिजिटल डिस्प्ले र एडास सेफ्टी फिचरसहितको यो गाडीलाई अझै अफरोडमैत्री बनाइएको छ।

निसानको ग्राभिटी गाडी पनि जनवरीमा बजारमा आउँदैछ। कम्पनीले यसलाई एमपीभीका रुपमा बजारमा ल्याउन लागेको हो। यो ट्रिबर प्लेटफर्ममा आधारित ७ सिटर एमपीभी हो।

टाटा पन्चको फेसलिफ्ट माइक्रो एसयूभी पनि बजारमा आउने भएको छ। कम्पनीले यसलाई नयाँ लुक र डिजाइनमा निर्माण गरेको छ।