BIZMANDU
www.bizmandu.com

बीमा प्राधिकरणले स्वीकृत गर्‍यो १९ वटा इन्स्योरेन्सको गत वर्षको वित्तीय विवरण

२०८२ पुष १३

बीमा प्राधिकरणले स्वीकृत गर्‍यो १९ वटा इन्स्योरेन्सको गत वर्षको वित्तीय विवरण
बीमा प्राधिकरणले स्वीकृत गर्‍यो १९ वटा इन्स्योरेन्सको गत वर्षको वित्तीय विवरण


काठमाडौं। नेपाल बीमा प्राधिकरणले १९ वटा बीमा कम्पनीको वित्तीय विवरण स्वीकृत गरेको छ।

Vigo
GBIME
Tata

प्राधिकरणले १० वटा जीवन, ६ वटा निर्जीवन र ३ वटा लघु बीमा कम्पनीको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गरेको हो।

बीमा ऐन अनुसार इन्स्योरेन्स कम्पनीले लेखापरीक्षण भएको वासलात र नाफा नोक्सानको विवरण अर्को आर्थिक वर्षको ६ महिनाभित्र प्राधिकरणमा पेस गर्नुपर्ने व्यवस्था छ।

प्राधिकरणबाट २०८१/८२ को वित्तीय विवरण स्वीकृत भएका बीमा कम्पनीमा जीवन बीमातर्फ सिटिजन लाइफ, नेपाल लाइफ, आइएमई लाइफ, सानिमा रिलायन्स, नेसनल लाइफ, प्रभु महालक्ष्मी, सन नेपाल, रिलायबल नेपाल, सूर्यज्योति लाइफ र एलआईसी छन्।

यस्तै, निर्जीवनतर्फ आईजीआई प्रुडेन्सियल, सिद्धार्थ प्रिमियर, शिखर, सगरमाथा लुम्बिनी, नेपाल र एनएलजी इन्स्योरेन्स छन्।

लघुबीमातर्फ गार्डियन माइक्रो लाइफ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको वित्तीय विवरण स्वीकृत भएको छ।

हाल १४/१४ वटा जीवन र निर्जीवन बीमा कम्पनी १४ वटा, ७ वटा लघु बीमा कम्पनी र २ वटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन्।