BIZMANDU
www.bizmandu.com

सुनचाँदीमा मूल्यवृद्धिको रफ्तार : सुन तोलाको २ लाख ७० हजारमाथि, चाँदी ४८ सय ३५

२०८२ पुष १३

सुनचाँदीमा मूल्यवृद्धिको रफ्तार : सुन तोलाको २ लाख ७० हजारमाथि, चाँदी ४८ सय ३५
सुनचाँदीमा मूल्यवृद्धिको रफ्तार : सुन तोलाको २ लाख ७० हजारमाथि, चाँदी ४८ सय ३५

काठमाडौं। लगातार उच्च भएर मूल्यवृद्धिमा कीर्तिमान बनाइरहेको सुनचाँदीको भाउले घट्ने संकेत गरेको छैन। साताको पहिलो दिन सुन तोलाको २ लाख ७० हजारबाट पनि उकालो लागेको छ भने चाँदी ४ हजार ८ सय रुपैयाँभन्दा बढी भएको छ।

Tata
GBIME
Nepal Life

नेपाली बजारमा आइतबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ७० हजार ६ सय रुपैयाँ भएको छ भने चाँदी ४ हजार ८ सय ३५ रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन गत शुक्रबारका तुलनामा तोलामा १ हजार ३ सय रुपैयाँ र चाँदी २ सय ७० रुपैयाँ बढेको हो।

गत शुक्रबार सुन प्रति तोला २ लाख ६९ हजार ३ सय रुपैयाँ थियो। चालु महिना दुई सातामा सुन तोलामा ११ हजार ६ सय रुपैयाँ बढिसकेको छ। पुस १ मा तोलाको २ लाख ५९ हजार रुपैयाँ थियो।

चाँदीमा पनि बढोत्तरी अस्वाभाविक देखिएको छ। दुई सातामा मात्रै चाँदी तोलामा ९ सय ५० रुपैयाँ बढिसकेको छ। पुस १ मा तोलाको ३ हजार ८ सय ८५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रति औंस ४५३४.१६ डलर पुगेको छ। एक दिनमा यो ५४.६३ डलरको बढोत्तरी हो भने एक महिनामा प्रति औंस ३२३.२२ डलर महँगिएको हो। अन्तर्राष्ट्रिय विश्लेषकहरू गोल्डम्यान साक्स र जेपी मोर्गनका अनुसार सन् २०२६ सम्ममा सुनको भाउ प्रतिऔंस ४,८०० देखि ५,००० डलरसम्म पुग्न सक्ने अनुमान छ। चाँदीको माग र आपूर्ति परिमाणबीचको अन्तर फराकिलो रहने भएकाले यसको मूल्य अझै बढ्न सक्ने देखिएको छ।

चाँदी पनि बढेर प्रति औंस ७९.२५ डलर पुगेको छ। एक दिनमा चाँदी ७.३४ डलरले महँगिएको छ। एक महिनामा चाँदीको मूल्यमा प्रति औंस १८.५२ डलरको बढोत्तरी भइसकेको छ।