BIZMANDU
www.bizmandu.com

दशरथ रंगशालामा त्रिविको दीक्षान्त समारोह, १६ हजार विद्यार्थी दीक्षित (तस्विरहरु)

२०८२ पुष १०

दशरथ रंगशालामा त्रिविको दीक्षान्त समारोह, १६ हजार विद्यार्थी दीक्षित (तस्विरहरु)
दशरथ रंगशालामा त्रिविको दीक्षान्त समारोह, १६ हजार विद्यार्थी दीक्षित (तस्विरहरु)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह सम्पन्न भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको कार्यक्रममा आज १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित भएका हुन्।

Tata
GBIME
Nepal Life

समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति सुशीला कार्कीलगायत शैक्षिक जगतका अग्रजले उनीहरूलाई दीक्षित भएको घोषणा गरेका हुन्।

विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरि ८९ हजार १०१ विद्यार्थी उत्तीर्ण भएका छन्। दशरथ रंगशालामा जारी समारोहमा विश्वविद्यालयको इतिहासमा पहिलो पटक आज नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथि बनेर आएका हुन्।

कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलगायत प्राज्ञको पनि उपस्थिति छ।

विश्वविद्यालयका उपकुलपति प्रा दीपक अर्यालले विश्वविद्यालय क्रमिक रूपमा सुधारको बाटोमा अग्रसर भएको बताउँदै दीक्षित विद्यार्थीलाई बधाई दिएका छन्।