काठमाडौं । सुनचाँदीको मूल्यले हरेक दिन नयाँ रेकर्ड बनाइरहेको छ। आज सुनको भाउ बढ्दै प्रति तोला २ लाख ६८ हजार १०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिनको भन्दा सुन तोलामा आज ९०० रुपैयाँले बढेको हो। मंगलबार सुन तोलामा ५ हजार ५०० रुपैयाँले बढेर प्रति तोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य तोलामा १६५ रुपैयाँले बढेर प्रति तोला ४ हजार ४२० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी तोलामा २० रुपैयाँ बढेर प्रति तोला ४ हजार २५५ रुपैयाँ थियो।
आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४४९८.२४ डलर र चाँदी प्रतिऔंस ७२.१३ डलर पुगेको छ। पछिल्लो समय सुनको मूल्य बढ्नुका पछाडि भूराजनीतिक तनाव र डलरको विनिमय दर प्रमुख कारण रहेको छ।