BIZMANDU
www.bizmandu.com

टेलिकमले सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश दिने, साधारण सभा पुस ३० गते

२०८२ पुष ९

टेलिकमले सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश दिने, साधारण सभा पुस ३० गते
टेलिकमले सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश दिने, साधारण सभा पुस ३० गते

काठमाडौं। नेपाल टेलिकमले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने भएको छ।

Vigo
GBIME
Tata

कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

अर्थ मन्त्रालयको स्वीकृति र टेलिकमको साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन्। टेलिकमले १८औं वार्षिक साधारण सभा पुस ३० गतेका लागि तय गरेको छ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि २० गतेदेखि ३० गतेसम्म बुक क्लोज मिति तोकेको छ। पुस १९ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन्।