काठमाडौं। नेपाली बजारमा एसआरएम ब्रान्डको ७ सिटर विद्युतीय भ्यान सार्वजनिक गरिएको छ।
नेपालका लागि एसआरएमको अधिकृत विक्रेता भीजी मोटर्सले काठमाडौंमा एक समारोह गरी इभी भ्यान सार्वजनिक गरेको हो।
५० किलोवाटको मोटर रहेको भ्यानले ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। भ्यानको मूल्य ३९ लाख रुपैयाँ तोकिएको छ।
भ्यान कर्पोरेट हाउस, होटल, स्कुल लगायतलाई उपयोगी हुने कम्पनीको विश्वास छ। नेपालभर कम्पनीका ७५
वटा चार्जिङ स्टेसन र २० भन्दा बढी सर्भिस सेन्टर छन्।
यो भ्यानका स्पेयर पार्ट्सको मूल्य अरु इभीको तुलनामा ८० प्रतिशत कम पर्ने कम्पनीले जनाएको छ।