BIZMANDU
www.bizmandu.com

सेयर कारोबार ३८.६१ प्रतिशतले घट्यो, ५ महिनामा ६ खर्ब २६ अर्ब रुपैयाँको किनबेच

२०८२ पुष ७

सेयर कारोबार ३८.६१ प्रतिशतले घट्यो, ५ महिनामा ६ खर्ब २६ अर्ब रुपैयाँको किनबेच
सेयर कारोबार ३८.६१ प्रतिशतले घट्यो, ५ महिनामा ६ खर्ब २६ अर्ब रुपैयाँको किनबेच

काठमाडौं। चालु आर्थिक वर्ष सेयर कारोबारमा गिरावट आएको छ। यो आर्थिक वर्ष ५ महिनामा ६ खर्ब २६ अर्ब १२ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

Tata
GBIME
Nepal Life

पोहोर मंसिरसम्मको तुलनामा यो ३८.६१ प्रतिशत कम हो। गत आर्थिक वर्ष साउनदेखि मंसिरसम्म १० खर्ब १९ अर्ब ९४ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो।

उत्पादन तथा प्रशोधन क्षेत्र बाहेकका उपसमूहको सेयर कारोबार घटेको छ।

हाइड्रोपावरको सेयर सबैभन्दा धेरै २ खर्ब ३७ अर्ब रुपैयाँको किनबेच भएको छ। यो रकम पोहोर मंसिरको तुलनामा २६.६४ प्रतिशत कम हो।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको प्रभाव सेयर बजारमा देखिएको छ। जेनजी आन्दोलनपछि सेयर बजार एक साता बन्द भएको थियो। आन्दोलनपछि ओरालो लागेको नेप्से परिसूचक बढ्न सकेको छैन।

बजार अहिले २५८१ अंकमा छ।

दुई आर्थिक वर्षको पहिलो ५ महिनामा भएको सेयर कारोबार रु दश लाखमा

क्षेत्र२०८२ मंसिरसम्म२०८१ मंसिरसम्मफरक %
हाइड्रोपावर२३७८३४.४३३२४२२२.६२-२६.६४
अन्य५८१३६.६४४८२९३.३२०.३८
बैंक५५८८३.२२११६८५२.८३-५२.१८
माइक्रो फाइनान्स५२७६७.७९७०८०४.०७-२५.४७
विकास बैंक४८५६२.६९७६६३०-३६.६३
उत्पादन तथा प्रशोधन४६५००.९४५५७४.८८२.०३
इन्भेष्टमेन्ट३८१०५.९४६८५८८.१३-४४.४४
जीवन बीमा२६९६६.११५७१२१.५५-५२.७९
फाइनान्स१६४२३.१७१२१८१८.५४-८६.५२
निर्जीवन बीमा१३८२६.७४४६५६७.५४-७०.३१
होटल तथा पर्यटन१३१८३.७१२२८१६.२-४२.२२
म्युचुअल फण्ड२१२८.७५२८०२.५३-२४.०४
ट्रेडिङ११५५.९२३८४४.१-६९.९३
कुल कारोबार६२६१२९.३९१०१९९४५.६३-३८.६१
स्रोत : नेप्से