BIZMANDU
www.bizmandu.com

‘अमेरिका पठाइदिन्छु’ भन्दै साढे २ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका एक व्यक्ति पक्राउ

२०८२ पुष ७

‘अमेरिका पठाइदिन्छु’ भन्दै साढे २ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका एक व्यक्ति पक्राउ
‘अमेरिका पठाइदिन्छु’ भन्दै साढे २ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका एक व्यक्ति पक्राउ

काठमाडौं। ‘अमेरिका पठाइदिन्छु’ भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ।

Tata
GBIME

ललितपुर महानगरपालिका-४ बस्ने धादिङको निलकण्ठ नगरपालिका-१३ घर भएका २४ वर्षीय सुजन आले मगर आइतबार पक्राउ परेका हुन्।

१ जनासँग अमेरिका पठाइदिने भनेर २ लाख ५५ हजार रूपैयाँ सुजन सम्पर्कविहीन भएका थिए। पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ बाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।