BIZMANDU
www.bizmandu.com

सांग्रिला मोटर्सको आयोजनामा ‘लिपमोटर कस्टमर र्‍याली’ सम्पन्न

२०८२ पुष ७

सांग्रिला मोटर्सको आयोजनामा ‘लिपमोटर कस्टमर र्‍याली’ सम्पन्न
सांग्रिला मोटर्सको आयोजनामा ‘लिपमोटर कस्टमर र्‍याली’ सम्पन्न

काठमाडौं । सांग्रिला मोटर्स प्रा. लि. ले २०८२ पुस ५ गते शनिबार आफ्नो बहुप्रतिक्षित ‘लिपमोटर कस्टमर र्‍याली’ भव्यताका साथ सम्पन्न गरेको छ।

Tata
GBIME
Nepal Life

‘लेट्स लिप इन्टु एन अनफर्गेटेबल एक्सपेरियन्स’ भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रमले ‘विस्तारित लिपमोटर परिवार’ लाई मनोरम ड्राइभ, सामुदायिक भाइचारा र उत्सवकालागि एकै ठाउँमा ल्याएको कम्पनीले जनाएको छ।

र्‍यालीको सुरुवात सानेपास्थित हेरिटेज गार्डेनबाट भएको थियो। र्‍यालीको औपचारिक फ्ल्याग–अफ लिपमोटरका ब्रान्ड एम्बेसडर रोहित पौडेल र सांग्रिला मोटर्सका निर्देशक जय गोल्छाले संयुक्त रुपमा गरेका थिए।

फ्ल्याग–अफ पश्चात् विद्युतीय सवारी साधनहरुको लस्कर राजधानीबाट नगरकोटस्थित क्लब हिमालयको मनोरम उचाइतर्फ प्रस्थान गरेको थियो। यस ड्राइभले सवारीधनीहरुलाई घुमाउरो र उकालो भू-भागमा लिपमोटर ईभीको उत्कृष्ट कार्यक्षमता र ह्यान्डलिङको अनुभव गर्ने अवसर प्रदान गरिएकव थियो।
क्लब हिमालयमा क्विज, विभिन्न खेलहर, बफे लन्च, नेटवर्किङ सेसन र गाडीको चेकजाँच जस्ता विविध गतिविधिहरुका साथ कार्यक्रम संचालन गरिएको थियो।