BIZMANDU
www.bizmandu.com

पिरो कागती क्यान्डी खान अयोग्य, भेटियो तोकिएको भन्दा बढी खाद्य रंग

२०८२ पुष ६

पिरो कागती क्यान्डी खान अयोग्य, भेटियो तोकिएको भन्दा बढी खाद्य रंग
पिरो कागती क्यान्डी खान अयोग्य, भेटियो तोकिएको भन्दा बढी खाद्य रंग

काठमाडौं। पिरो कागती क्यान्डी खानका लागि अयोग्य रहेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमनका क्रममा उक्त क्यान्डीको नमुना प्रयोगशालामा परीक्षण गर्दा खाद्य रंग (खाद्य योगशील) तोकिएको भन्दा बढी भेटेको हो।

Tata
GBIME
Nepal Life

चावहिलमा रहेको एलिजा ईजी ट्रेड लिंकले उत्पादन गरेको ब्याच ०७ को पिरो कागती क्यान्डी १०० ग्राममा खाद्य रंग तोकिएको भन्दा बढी प्रयोग भएको भेटिएको विभागले जनाएको छ।

उक्त क्यान्डी न्यून गुणस्तरको भेटिएपछि विभागले तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। साथै, उक्त ब्याचको क्यान्डी बिक्री नगर्न पनि भनेको छ।