BIZMANDU
www.bizmandu.com

सुपर खुदी हाइड्रोपावरले आवेदन दिएको डेढ वर्षपछि पायो आइपीओ निष्कासनको अनुमति

२०८२ पुष ६

सुपर खुदी हाइड्रोपावरले आवेदन दिएको डेढ वर्षपछि पायो आइपीओ निष्कासनको अनुमति
सुपर खुदी हाइड्रोपावरले आवेदन दिएको डेढ वर्षपछि पायो आइपीओ निष्कासनको अनुमति


काठमाडौं। सुपर खुदी हाइड्रोपावरले आइपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइतबार हाइड्रो‍पावरलाई सेयर निष्कासनका लागि अनुमति दिएको हो।

GBIME
Tata

सुपर खुदी हाइड्रोपावरले चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ३१ करोड रुपैयाँको ३१ लाख कित्ता आइपीओ बिक्री गर्दैछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल हो।

सुपर खुदीले आइपीओ निष्कासनका लागि अनुमति माग्दै सेबोनमा २०८१ वैशाख ३० गते आवेदन दिएको थियो। कम्पनीले डेढ वर्षपछि आइपीओ अनुमति पाएको हो।

सुपर खुदी हाइड्रोपावरका अध्यक्ष चेतन प्रधान हुन् भने प्रबन्ध निर्देशक स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्की हुन्। सुपर खुदीले लमजुङमा २१.२१ मेगावाट उत्पादन क्षमताको आयोजना निर्माण गरिरहेको छ।

सेबोनमा २ वर्षदेखि आइपीओ अनुमति माग गर्दै आवेदन दिएका कम्पनी पाइपलाइनमा छन्।