BIZMANDU
www.bizmandu.com

रिलायबल लाइफको लाभांश घोषणा, सेयरधनीलाई ६२ करोड ३६ लाख नगद प्रतिफल

२०८२ पुष ६

रिलायबल लाइफको लाभांश घोषणा, सेयरधनीलाई ६२ करोड ३६ लाख नगद प्रतिफल
रिलायबल लाइफको लाभांश घोषणा, सेयरधनीलाई ६२ करोड ३६ लाख नगद प्रतिफल

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको संचालक समिति बैठकले सेयरधनीलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने ६२ करोड ३६ लाख ३९ हजार ३८५ रुपैयाँ प्रतिफल पाउनेछन्।

इन्स्योरेन्सका सेयरधनीले लाभांश पाउन नेपाल बीमा प्राधिकरण र साधारण सभाबाट स्वीकृति हुनुपर्छ। रिलायबलले २०७९/८० मा १६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

यस्तै, इन्स्योरेन्सले २०८०/८१ मा १२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।