BIZMANDU
www.bizmandu.com

एलआईसीको लाभांश बढ्यो, सेयरधनीले नगदमा २१.०५ प्रतिशत पाउने

२०८२ पुष ६

एलआईसीको लाभांश बढ्यो, सेयरधनीले नगदमा २१.०५ प्रतिशत पाउने
एलआईसीको लाभांश बढ्यो, सेयरधनीले नगदमा २१.०५ प्रतिशत पाउने


काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी)नेपालका लागानीकर्ताका लागि लाभांश बढेको छ। इन्स्योरेन्स सञ्चालक समिति बैठकले सेयरधनीलाई आइतबार प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

Vigo
GBIME
Tata

एलआईसीका सेयरधनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफबाट चुक्ता पुँजीको करसहित २१.०५ प्रतिशत नगद लाभांश पाउनेछन्। यो लाभांश अघिल्लो वर्षभन्दा बढेको हो।

इन्स्योरेन्सको चुक्ता पुँजी हाल ५ अर्ब ५० करोड रुपैयाँ छ। घोषित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।

एलआइसीले २०८०/८१ मा सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।