काठमाडौं। तुलसीपुर उच्च अदालतको आदेशमा शुक्रबार थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछाने शनिबार काठमाडौं फर्किएका छन्। अदालतको बिहीबारको आदेशपछि ललितपुरको नख्खु कारागारबाट प्रक्रिया पुरा गर्न उनी शुक्रबार भैरहवा पुगेका थिए।
भैरहवाबाट चितवन आएका उनले चौबिसकोठीमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गरेका थिए। चितवनबाट उडानमा उनी काठमाडौं आएका हुन्।
उनलाई विमानस्थलमा नेता कार्यकर्ताले पञ्चेबाजासहित स्वागत गरेका छन्। उनले जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई भेट्ने कार्यक्रम रहेको रास्वपा नेताहरुले बताएका छन्।










