BIZMANDU
www.bizmandu.com

सेयरको झुटा कारोबार र गलत विवरणले मूल्य प्रभावित पारेको आरोपमा दीपेन्द्र अग्रवाल पक्राउ

२०८२ पुष ४

सेयरको झुटा कारोबार र गलत विवरणले मूल्य प्रभावित पारेको आरोपमा दीपेन्द्र अग्रवाल पक्राउ
सेयरको झुटा कारोबार र गलत विवरणले मूल्य प्रभावित पारेको आरोपमा दीपेन्द्र अग्रवाल पक्राउ


काठमाडौं। झुक्काउने विवरण दिएर उच्च मूल्यमा शेयर बिक्री गरेको आरोपमा दीपेन्द्र अग्रवाल पक्राउ परेका छन्। जिल्ला अदालत काठमाडौंको अनुमतिमा अग्रवाललाई चुनदेवीबाट पक्राउ गरिएको हो।  

GBIME
Tata

धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गतको कसुरमा अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो।

नेपाल धितोपत्र बोर्डको जाँचबुझले अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर खरिद गरी गलत विवरण दिएर उच्च मूल्यमा बिक्री गरेको पाइएको थियो। उनले कानुन विपरीत हुने गरी ४९ लाख १९ हजार ८६५ रुपैयाँ नाफा आर्जन गरेको आरोप लगाइएको छ।  

अग्रवालले अन्य टिएमएस युजर प्रयोग गरी आपसी खरिदबिक्री तथा आफन्त सम्बद्ध संस्थाबिच स्वामित्व नबदलिने गरी कारोबार गरेको बोर्डको निष्कर्ष थियो।

यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य कृत्रिम रूपमा बढाउन भूमिका देखिएको पनि बोर्डको छानबिनको निष्कर्ष थियो। बोर्डको जाँचबुझमा अग्रवालले बैंकको सेयरको झुटा कारोबार र मूल्य प्रभावित गर्ने कसुर गरेको निष्कर्ष निकालेको थियो।