काठमाडौं। टाटाको टियागो इभीको ‘सेलिब्रेटिङ क्रियटिभिटी’ अभियान सम्पन्न भएको छ।
टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आयोजना गरेको अभियान अन्तर्गत विद्यार्थीले बनाएका चित्रकला शुक्रबार थापाथलीस्थित शोरुममा प्रदर्शनी गरिएको छ।
विभिन्न स्कुलका विद्यार्थीले टियागो इभीलाई केन्द्रित गरी कला प्रस्तुत गरेका छन्।
यो अभियानले विद्यार्थीलाई दिगो यातायात र वातावरणमैत्री प्रविधिबारे सचेत गराउनुका साथै चित्रकलामार्फत क्षमता प्रदर्शन गर्न प्लेटफर्मको रुपमा काम गरेको कम्पनीले जनाएको छ।

विभिन्न स्कुलका विद्यार्थीलाई टियागो इभीसँग सम्बन्धित चित्र बनाउन भनिएको थियो। विद्यार्थीले इभीले वातावरण संरक्षणमा कसरी मद्दत पुर्याउँछ भन्ने सन्देश आफ्ना चित्रमार्फत व्यक्त गरेका छन्।
विद्यार्थीले बनाएका चित्रकला सिप्रदी ट्रेडिङले बिक्रीमा राखेको छ। चित्र बिक्रीबाट आएको रकमको ५० प्रतिशत सम्बन्धित विद्यार्थीले पाउनेछन्।
बाँकी ५० प्रतिशत रकम बीएनके आर्ट क्लबले पाउने कम्पनीले जनाएको छ। चित्रकलाको मूल्य १ हजारदेखि माथि राखिएको छ।




