BIZMANDU
www.bizmandu.com

रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश, थुना बाहिरै बसेर मुद्दा लड्ने

२०८२ पुष ३

रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश, थुना बाहिरै बसेर मुद्दा लड्ने
रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश, थुना बाहिरै बसेर मुद्दा लड्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बिगो बुझाएर रिहा गर्न अदालतले आदेश दिएको छ।

Tata
GBIME
Nepal Life

उच्च अदालत तुलसीपुर, बुटवलमा मुख्य न्यायधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रविलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। रविसँगै छविलाल जोशी पनि रिहा हुने भएका छन्।

रवि लामिछानेलाई २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानत गर्न आदेश दिएको छ। त्यस्तै विदेश यात्रा गर्नुे भए अदालतलाई पूर्व जानकारी गराउनु पर्ने शर्त राखिएको छ।

लामिछाने र छविलाल जोशीले गत असोज २३ गते बिगो बराबरको रकम बुझाएर थुना बाहिर बसेर पूर्पक्षको लागि लड्न माग गर्दै निवेदन दिएका थिए।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी गरेको तथा संगठित अपराधको अभियोगमा २०८१ चैत २२ गते उच्च अदालत बुटवलको आदेशमा कारागार चलान गरिएको छ।

हाल लामिछाने ललितपुरको नख्खु कारागारमा छन्।

भदौ २४ गते जेनजी आन्दोलनको क्रममा उनी काराबारबाट निस्किएका थिए। तर त्यसको पाँच दिन उनी आफैं कारागार पुगेका हुन्। रवि लामिछानेको सहकारी ठगी र संगठित अपराध केसमा पोखरा, काठमाडौं, चितवन, बुटवल र पर्सा अदालतमा मुद्दा विचाराधीन रहेको छ।

रवि लामिछानेको थुना मुक्तले फागुन २१ गते हुने निर्वाचनलाई महत्वको साथ हेरिएको छ।