BIZMANDU
www.bizmandu.com

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई नगदमा ६.३१ प्रतिशत दिने

२०८२ पुष ३

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई नगदमा ६.३१ प्रतिशत दिने
नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई नगदमा ६.३१ प्रतिशत दिने

काठमाडौं। नेपाल इन्स्योरेन्सको लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले सेयरधनीलाई प्रतिफल नगदमा वितरण गर्ने निर्णय गरेको हो।

Vigo
GBIME
Tata

कम्पनीका लगानीकर्ताले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पुँजीको करसहित ६.३१ प्रतिशतले हुन आउने १६ करोड ९ लाख ६२ हजार ६३१ रुपैयाँ प्रतिफल पाउनेछन्।

इन्स्योरेन्सको चुक्ता पुँजी हाल २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ छ। कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

त्यसअघि २०७९/८० मा १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।