BIZMANDU
www.bizmandu.com

सन नेपाल लाइफको लाभांश घोषणा, पोहोर निराश सेयरधनीलाई यसपटक २०.२६% प्रतिफल

२०८२ पुष ३

सन नेपाल लाइफको लाभांश घोषणा, पोहोर निराश सेयरधनीलाई यसपटक २०.२६% प्रतिफल
सन नेपाल लाइफको लाभांश घोषणा, पोहोर निराश सेयरधनीलाई यसपटक २०.२६% प्रतिफल


काठमाडौं। गत वर्ष लाभांश घोषणा नगरेर सेयरधनीलाई निराश पारेको सन नेपाल लाइफ इन्स्योरेन्सले यसपटक आकर्षक लाभांश घोषणा गरेको छ। नगद र बोनस सेयर गरी २०.२६ प्रतिशत प्रतिफल वितरण गर्ने भएको हो।

Tata
GBIME

सञ्चालक समितिले बैठकले उक्त निर्णय गरेको कम्पनीले जनाएको छ। सेयरधनीले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र करसहित १५.२६ प्रतिशत नगद लाभांश पाउनेछन्।

इन्स्योरेन्सको अहिले ५ अर्ब ३ करोड १२ लाख रुपैयाँ चुक्ता पुँजी छ। इन्स्योरेन्सको साधारण सभा र प्राधिकरणको स्वीकृतिपछि सेयरधनीले प्रतिफल पाउनेछन्।

सन नेपालले आर्थिक वर्ष २०७९/८० मा २३.८ प्रतिशत बोनस सेयर वितरण गरेर २७ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो। त्यसपछि २०८०/८१ मा भने सेयरधनीलाई कुनै प्रतिफल वितरण गरेको थिएन।