BIZMANDU
www.bizmandu.com

ट्रायम्फको नयाँ ट्र्याकर ४०० सार्वजनिक, लामो दूरीको यात्रा गर्ने राइडरका लागि शक्तिशाली बाइक

२०८२ पुष २

ट्रायम्फको नयाँ ट्र्याकर ४०० सार्वजनिक, लामो दूरीको यात्रा गर्ने राइडरका लागि शक्तिशाली बाइक
ट्रायम्फको नयाँ ट्र्याकर ४०० सार्वजनिक, लामो दूरीको यात्रा गर्ने राइडरका लागि शक्तिशाली बाइक

काठमाडौं। लामो दूरीको यात्रा गर्न रुचाउने राइडरका लागि शक्तिशाली मोटरसाइकल ट्रायम्फको नयाँ ट्र्याकर ४०० सार्वजनिक भएको छ।

Tata
GBIME
Nepal Life

बेलायतमा सार्वजनिक गरिएको ट्रायम्फ ट्र्याकर ४०० फ्ल्याट-ट्र्याक रेसिङ बाइकबाट प्रेरित भइ डिजाइन गरिएको छ। जुन सामान्यतया अमेरिकी डर्ट ट्र्याक रेसिङमा प्रयोग गरिन्छ। बाइकमा गोलो हेडल्याम्प, सिंगल पिस सिटसहितको फ्ल्याट सिट लाइन, माउन्ट गरिएको चौडा ह्यान्डलबार जस्ता फिचर छन्।

विशिष्ट स्टाइल र न्युनतम फिचरका साथ ट्र्याकर ४०० बाइक प्रेमीका लागि उत्कृष्ट विकल्प हुने कम्पनीको विश्वास छ।

बाइकमा गोलो रियर-भ्यू मिरर, ‘ट्र्याकर’ अक्षर भएको क्लासिक इन्धन ट्याङ्की डिजाइन र रोड-बायस्ड न्याबी-स्टाइलको टायर पनि छन्। ट्रायम्फले ट्र्याकर ४०० लाई तीन रङ विकल्प एल्मुमिनियम सिल्भर, रेसिङ येलो र फ्यान्टम ब्ल्याकमा ल्याएको छ।

नियमित ४०० सीसी ट्रायम्फ बाइकमा जस्तै ट्र्याकर ४०० मा पनि टीआर सिरिज इन्जिन प्रयोग गरिएको छ। यसमा लिक्विड-कुल्ड र सिंगल-सिलिन्डर भएको ३९८ सीसी क्षमताको फोरभी इन्जिन राखिएको छ। यसले ४२ पीएस पावर र ३७.५ एनएम टर्क उत्पादन गर्दछ। यो ६-स्पिड गियरबक्स र स्लिप तथा असिस्ट क्लचसँग जोडिएको छ।

ट्र्याकर ४०० को इन्जिनले थप आक्रामक र फ्री-रिभिङ राइडिङ क्यारेक्टर सुनिश्चित गर्दछ।

ट्रायम्फ ट्रयाकर ४०० मा टर्क-सहायक क्लच, स्विच गर्न मिल्ने ट्र्याक्सन कन्ट्रोल, डुअल-च्यानल एबीएस र फुल-एलईडी लाइटसहित राइडर-केन्द्रित प्रविधिहरु छन्।

बाइकमा बोल्ट-अन रियर सबफ्रेमको साथ हाइब्रिड स्पाइन र पेरिमिटर ट्युबुलर स्टील फ्रेम प्रयोग गरिएको छ। सस्पेन्सन सेटअपमा १४० एमएम ह्वील ट्राभलका साथ ४३ एमएम यूएसडी ठुलो पिस्टन फोर्क र १३० एमएम ह्वील ट्राभलको साथ पछाडि मोनोसक युनिट समावेश छ।

ब्रेकिङ सेटअपमा अगाडि र पछाडि क्रमशः ३०० मिमी र २३० मिमी डिस्क समावेश छन्। बाइकमा एकीकृत मल्टि-फङ्सनल एलसीडी स्क्रिनका साथ एनालग स्पीडोमिटर छ।

सिटको उचाइ ८०५ मिमी छ, जुन धेरैजसो प्रयोगकर्ताहरुको लागि उपयुक्त मानिन्छ। यसको तौल १७३ किलो र इन्धन ट्यांङ्कीको क्षमता १३ लिटर छ। बाइकले प्रति लिटर इन्धन २८ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ।