BIZMANDU
www.bizmandu.com

ज्योति विकास बैंकका कर्मचारीलाई कुटपिट गर्ने दुईजनालाई चर्को दबाबपछि प्रहरीले गर्‍यो पक्राउ

२०८२ पुष १

ज्योति विकास बैंकका कर्मचारीलाई कुटपिट गर्ने दुईजनालाई चर्को दबाबपछि प्रहरीले गर्‍यो पक्राउ
ज्योति विकास बैंकका कर्मचारीलाई कुटपिट गर्ने दुईजनालाई चर्को दबाबपछि प्रहरीले गर्‍यो पक्राउ


काठमाडौं। ज्योति विकास बैंकका कर्मचारीलाई कालोमोसो दल्नुका साथै कुटपिट गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Tata
GBIME

चौतर्फी दबाबपछि प्रहरीले उमाकान्त चौधरी र सञ्जिव चौधरीलाई नियन्त्रणमा लिएको हो।

सप्तकोशी नगरपालिका-७ ओद्राहास्थित सप्तकोशी इन्ट्रिग्रेटेड एग्रो फार्म प्रालिले लिएको ऋणको विषयमा बुझ्न पुगेका बैंकका कर्मचारीमाथि बुधबार दूर्व्यवहार भएको थियो। पीडित पक्षले प्रहरीमा जाहेरी दिंदा पनि प्रहरीले दोषीलाई कारबाहीको दायरामा ल्याउन आनाकानी गर्दै आएकव थियो।

बैंकिङ क्षेत्रबाट चर्को विरोध हुनुका साथै राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले गृहमन्त्री ओमप्रकाश अर्यालसँग कुराकानी गरेपछि प्रहरीले बल्ल दूर्व्यवहारमा संलग्नलाई पक्राउ गरेको हो।

‘नियन्त्रणमा लिएका छौं। अदालतमा म्याद थप्ने काम भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बर बहादुर पुरीले भने।

फर्मले ४ करोड ५० रुपैयाँ ऋण लिएकामा ब्याज नतिरेपछि बैंकका कर्मचारी बुझ्नका लागि जाँदा दूर्व्यवहारमा परेका थिए।