BIZMANDU
www.bizmandu.com

नेपालमा ह्याचब्याकको ‘क्रेज’ फर्काउने बिवाइडीको डल्फिन विश्वभर १० लाख बिक्री

२०८२ पुष १

नेपालमा ह्याचब्याकको ‘क्रेज’ फर्काउने बिवाइडीको डल्फिन विश्वभर १० लाख बिक्री
नेपालमा ह्याचब्याकको ‘क्रेज’ फर्काउने बिवाइडीको डल्फिन विश्वभर १० लाख बिक्री

काठमाडौं । चिनियाँ कम्पनी बिवाइडीले उत्पादन गरेको विद्युतीय सवारी ‘डल्फिन’को विश्वव्यापी बिक्री १० लाख पुगेको छ। योसँगै बिवाइडी डल्फिन चिनियाँ अटो बजारमा सबैभन्दा छिटो १० लाखयुनिट बिक्रीको उपलब्धी हासिल गर्ने ह्याचब्याक इभी बन्न सफल भएको छ।

Tata
GBIME
Nepal Life

नेपालका लागि बिवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले यो उपलब्धिलाई गर्वको क्षण भएको बताएको छ।

‘बिवाइडी डल्फिनले ह्याचब्याक सेग्मेन्टमा नयाँ परिभाषा स्थापित गरेको छ। सुरक्षित, स्मार्ट र वातावरणमैत्री सवारी खोज्ने नेपाली परिवारको पहिलो रोजाइमा डल्फिन बनेकामा हामीलाई निकै खुसी लागेको छ। हामी ईभी इकोसिस्टम विस्तार, उत्कृष्ट बिक्रीपछिको सेवा र नेपाललाई स्वच्छ गतिशीलतामा रूपान्तरण गर्ने यात्रामा निरन्तर साथ दिन प्रतिबद्ध छौं,’ कम्पनीले भनेको छ।

कम्पनीका अनुसार बिवाइडीले २०२६ का लागि नयाँ संस्करणको डल्फिन परीक्षण सुरु गरिसकेको छ। जुन हाल चीनमा विकास परीक्षणको चरणमा देखिएको छ। प्रारम्भिक रिपोर्टहरूका अनुसार डिजाइन र ड्राइभिङमा महत्वपूर्ण सुधार हुने अपेक्षा गरिएको छ।

विश्वव्यापी रुपमा मात्रै बिवाइडी डल्फिनको बिक्री नेपालमा पनि उल्लेख्य मात्रामा भइरहेको कम्पनीको भनाइ छ।

साइमेक्स इंक प्रालिले नेपालमा सन् २०२३ सेप्टेम्बरमा डल्फिन सार्वजनिक गरेको थियो। डल्फिन नेपालमा सबैभन्दा धेरै बिक्री हुने विद्युतीय सवारीमा पहिलो स्थानमा रहेको कम्पनीको दाबी छ। हाल नेपालका सडकमा २५०० भन्दा बढी डल्फिन गुडिरहेका छन् ।

नेपालमा ह्याचब्याक सेग्मेन्टको बिक्री घट्दो अवस्थामा हुँदाहुँदै पनि डल्फिनको आगमनले उपभोक्ताहरूको रुचि फेरि जागृत गरेको कम्पनीले जनाएको छ। बिवाइडीको ई-प्लेटर्म ३.० मा आधारित यो गाडीमा ७८.२ प्रतिशत हाइ स्ट्रेन्थ स्टिल प्रयोग गरिएको छ। यसले नेपाली सडकहरूको विविध परिस्थितिमा समेत यात्रु सुरक्षामा विशेष ध्यान दिने कम्पनीको भनाइ छ।

डल्फिनमा १२.८ इञ्चको घुमाउन मिल्ने टचस्क्रिन, मोबाइल कनेक्टिभिटी र २७०० मिमी ह्विलबेससहितप्रशस्त क्याबिन स्पेसको सुविधा छ। यसका अतिरिक्त, बिवाइडी डल्फिनमा लेभल २एड्भान्स ड्राइभर एसिस्टेन्ट सिस्टम (एडिएएस)को सुविधा पनि छ । जसमा क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङर लेन डिपार्चर असिस्टेन्सलगायत अन्य फिचर पनि छन्।