BIZMANDU
www.bizmandu.com

नासा सेक्युरिटिजमा डिम्याट खाता खोल्ने १० नयाँ ग्राहकलाई विश्वकपमा नेपालको खेल हेर्ने अवसर

२०८२ पुष १

नासा सेक्युरिटिजमा डिम्याट खाता खोल्ने १० नयाँ ग्राहकलाई विश्वकपमा नेपालको खेल हेर्ने अवसर
नासा सेक्युरिटिजमा डिम्याट खाता खोल्ने १० नयाँ ग्राहकलाई विश्वकपमा नेपालको खेल हेर्ने अवसर


नासा सेक्युरिटिज लिमटेडले नेपाली क्रिकेटप्रेमीहरूलाई लिक्षित गर्दै ‘रोड टु टी२० वर्ल्डकप- अघि बढ्छ नेपाल’ क्याम्पेन सार्वजनिक गरेको छ।

GBIME
Tata

यो क्याम्पेन अन्तगर्त नासा सेक्युिरिटजले १० जना नयाँ डिम्याट खाता ग्राहकलाई भारत लगेर आइसीसी मेन्स टी२० क्रिकेट वर्ल्ड कप २०२६ मा नेपालले खेल्ने खेल हेर्ने अवसर प्रदान गर्नेछ।

कम्पनीका अनुसार, ११ डिसेम्बर २०२५ देखि २९ जनवरी २०२६ सम्म नासा सेक्युिरिटजमा नयाँ डिम्याट खाता खोलेका ग्राहकहरू यस क्याम्पेनमा सहभागी हुन योग्य हुनेछन्। सो अविधमा खाता खोली ‘एप्रुड’ अवस्थामा पुगेका सबै नयाँ ग्राहकहरू
क्याम्पेनका लािग स्वतः योग्य हुने कम्पनीले जनाएको छ।

नासाले क्याम्पेन अन्तर्गत कम्पनीले उपलब्ध गराउने ट्राभल प्याकेमा नेपाल–भारत दुईतर्फी हवाई टिकट, फेब्रुअरी ८, २०२६ मा हुने नेपालको खेलको म्याच टिकट, ट्विन-सेयिरङ आधारमा होटल बसोबास (बेड एन्ड ब्रेकफास्ट सहित) र एयरपोर्ट-होटल-स्टेडियम आवतजावतको व्यवस्था समावेश रहने जनाइएको छ।

लक्की ड्र माफर्त जनवरी २ मा दुईजना विजेता छनोट गरिनेछ। त्यस्तै, जनवरी ९, १६, २३ र ३० मा पनि दुई-दुई जना विजेता छनोट गरिनेछ।