BIZMANDU
www.bizmandu.com

भित्र मेसिनमा उम्मेदवारको नाम हुँदैछ इन्ट्री, बाहिर नेताका लागि मागिँदैछ मत (तस्विरहरु)

२०८२ पुष १

भित्र मेसिनमा उम्मेदवारको नाम हुँदैछ इन्ट्री, बाहिर नेताका लागि मागिँदैछ मत (तस्विरहरु)
भित्र मेसिनमा उम्मेदवारको नाम हुँदैछ इन्ट्री, बाहिर नेताका लागि मागिँदैछ मत (तस्विरहरु)

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा आज नेतृत्व चयनका लागि मतदान हुँदैछ। आज दिउँसो ४ बजे मतदानको समय तोकिएको छ।

Tata
GBIME
Nepal Life

अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। त्यस्तै, महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे आमनेसामने हुँदैछन्।

कुल ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३५१ पदका लागि निर्वाचन हुँदैछ। महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन हुनेछ। मतदानमा ८० विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको व्यवस्था मिलाइएको छ।

अहिले मतदानस्थलमा विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारको नाम ‘इन्ट्री’ गर्ने कार्य भइरहेको छ। प्रदर्शनीमार्गमा भने नेता कार्यकर्ताहरु उम्मेदवारहरुलाई मत माग्न व्यस्त देखिन्छन्।