काठमाडौं। रेमिटेन्स आप्रवाह ३१.४ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्ष चार महिनामा ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। गत आर्थिक वर्ष पहिलो चार महिनामा रेमिटेन्स ९.४ प्रतिशतले बढेको थियो।
यसपालि कात्तिकमा १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। अघिल्लो वर्ष सोही महिनामा १ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको थियो।
चार महिनामा १ लाख ४५ हजार ९७३ युवा अन्तिम श्रम स्वीकृति र १ लाख २७ हजार ८३७ जना पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। यो संख्या पोहोर सोही अवधिमा क्रमशः १ लाख ४७ हजार ४७८ र ९४ हजार १०५ थियो।