BIZMANDU
www.bizmandu.com

महिन्द्राले आगामी वर्ष २ वटा एसयूभी बजारमा ल्याउने, यस्ता विशेषता उपलब्ध हुने

२०८२ मंसिर २९

महिन्द्राले आगामी वर्ष २ वटा एसयूभी बजारमा ल्याउने, यस्ता विशेषता उपलब्ध हुने
महिन्द्राले आगामी वर्ष २ वटा एसयूभी बजारमा ल्याउने, यस्ता विशेषता उपलब्ध हुने

काठमाडौं। महिन्द्रा एण्ड महिन्द्राले आगामी वर्ष दुईवटा एसयूभी बजारमा ल्याउने भएको छ। कम्पनीले एक्सयूभी ७ एक्सओ र स्कर्पियो एन फेसलिफ्ट ल्याउने भएको हो।

Tata
GBIME
Nepal Life

एक्सयूभी ७ एक्सओ गाडी एक्सयूभी ७०० मोडलको अपडेटेड भर्सन हो। बाहिरी डिजाइन रिभाइज्ड गरेर यो गाडी ल्याउन लागिएको हो।

कम्पनीले यसअघि एक्सईभी ९ई, बीई६, एक्सईभी ९एस र थार फेसलिफ्ट तथा थार रक्स बजारमा ल्याइसकेको छ।

कम्पनीका अनुसार एक्सयूभी ७ एक्सओ ग्रिल, बम्पर, सी-सेप्ड डीआरएल, नयाँ हेडल्याम्प र कनेक्टिङ लाइट बार राखिनेछ। यसको पछाडि टेल ल्याम्प हुनेछ। यस्तै तीन वटा स्क्रिन, २.० लिटर क्षमताको पेट्रोल र २.२ लिटर क्षमताको डिजल इन्जिन उपलब्ध हुनेछ।

यसैगरी, कम्पनीले स्कर्पियो एनको फेसलिफ्ट भर्सनमा पनि थार रक्समा जस्तै १०.२५ इन्चको इन्फोटेनमेन्ट स्क्रिन राखिनेछ। यसअघि ८ इन्चको थियो। यस्तै हेडलाइट, टेल लाइट र फग ल्याम्पको केही डिजाइन परिवर्तन गरिनेछ। यसमा १८ इन्च एलोय ह्वील्स राखिनेछ।

साथै डुअल जोन क्लाइमेट कन्ट्रोल, सोनीको १२ वटा साउन्ड सिस्टम भएको स्पिकर, सेफ्टी फिचरका लागि एडास लेभल र फोर ह्वील ड्राइभिङ प्याटर्न पनि यसमा उपलब्ध हुनेछ।