काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले नागढुंगा-मुग्लिन सडक स्तरोन्नतिमा कामदारको संख्या बढाउन निर्देशन दिएका छन्।
उनले आइतबार साँझ सडक निर्माणको अनुमगन गरी कामदार थपेर रातिको समयमा पनि काम गर्न निर्देशन दिएका हुन्। कुलमानले सडकमा रहेका विद्युतका पोल तत्काल हटाउन भनेका छन्।