BIZMANDU
www.bizmandu.com

इसेवाले ल्यायो ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’, २० लाखसम्मको बीमा सुरक्षा पाइने

२०८२ मंसिर २८

इसेवाले ल्यायो ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’, २० लाखसम्मको बीमा सुरक्षा पाइने
इसेवाले ल्यायो ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’, २० लाखसम्मको बीमा सुरक्षा पाइने

काठमाडौं। इसेवाले ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ जीवन बीमा योजना सार्वजनिक गरेको छ। इसेवाले बीमा प्रदायक संस्था नेपाल लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा उक्त योजना सार्वजनिक गरेको जनाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार परिवारमा अप्रत्याशित जोखिम, मृत्यु वा अन्य अनपेक्षित घटनाबाट उत्पन्न हुन सक्ने आर्थिक भारलाई कम गर्ने उद्देश्यसहित यो बीमा योजना ल्याइएको हो।

इसेवाका ओमकार पाण्डेले सुपर टर्म लाइफ इन्स्योरेन्सले संकटको समयमा परिवारलाई आर्थिक टेवा प्रदान गर्ने बताएl

‘सुलभ प्रिमियममा उपलब्ध यो योजना सबैका लागि जीवन बीमा पहुँचयोग्य बनाउन महत्त्वपूर्ण हुने विश्वास हामीले लिएका छौँ,’ उनले भने।

यो जीवन बीमा योजना पूर्ण रूपमा डिजिटल हुनुका साथै यसको खरिद प्रक्रिया पनि सहज, छरितो र झन्झटमुक्त रहेको कम्पनीले बताएको छ। यसले देशभरका नागरिकलाई जीवन बीमाको पहुँचमा ल्याउने विश्वास इसेवाले लिएको छ।

यो जीवन बीमा योजनाको प्रिमियम वार्षिक ७२५ रुपैयाँबाट सुरु हुन्छ। बीमितले ५ लाख देखि २० लाख रुपैयाँसम्मको जीवन बीमा सुरक्षा प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार यो १ वर्षे टर्म लाइफ इन्स्योरेन्स योजना हो। १८ वर्षदेखि ६० वर्षसम्मका नागरिकहरूले यो बीमा योजना लिन सक्नेछन्।

यसअन्तर्गत बीमितको स्वाभाविक मृत्यु तथा दुर्घटनामा मृत्यु दुवै अवस्थामा बीमा सुरक्षा प्रदान गरिने कम्पनीले जानकारी दिएको छ। यस योजनाले अकस्मात् हुने जोखिमको अवस्थामा परिवारलाई आर्थिक रूपमा सुरक्षित राख्दै दैनिक जीवनयापन, ऋणको भार, तथा भविष्यका आवश्यकताहरूमा आर्थिक सहारा प्रदान गर्ने विश्वास लिइएको छ।

यो बीमा योजना इसेवा एपमार्फत सहजै खरिद गर्न सकिनेछ भने पोलिसी तुरुन्तै एसएमएस तथा इमेलमार्फत प्राप्त हुनेछ।