BIZMANDU
www.bizmandu.com

सपथपछि चार नयाँ मन्त्री पुगे सिंहदरबार, मन्त्रालयमा पदभार ग्रहण (तस्विरहरु)

२०८२ मंसिर २६

सपथपछि चार नयाँ मन्त्री पुगे सिंहदरबार, मन्त्रालयमा पदभार ग्रहण (तस्विरहरु)
सपथपछि चार नयाँ मन्त्री पुगे सिंहदरबार, मन्त्रालयमा पदभार ग्रहण (तस्विरहरु)

काठमाडौं । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा थपिएका चारजना नयाँ मन्त्रीहरुले पदभार ग्रहण गरेका छन्। सिंहदरबारस्थित मन्त्रालय पुगेर उनीहरुले पदभार सम्हालेका हुन्।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कुमार इङ्नाम, राजेन्द्र सिंह भण्डारी, श्रद्धा श्रेष्ठ र माधव चौलागाइँलाई मन्त्री नियुक्त गरेका हुन्। यससँगै मन्त्रिपरिषद् अब १४ सदस्यीय भएको छ।

कुमार इङ्नाम

इङ्नामले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भण्डारीले श्रम रोजगार तथा सामाजिक सुरक्षा, श्रेष्ठले महिला बालबालिका तथा ज्येष्ठ नागरिक र चौलागाइँले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्।

श्रद्धा श्रेष्ठ

इङ्नाम अन्तर्राष्ट्रिय व्यापार तथा मध्यस्थता र वित्तीय अपराधसम्बन्धी कानुनका विज्ञ हुन् भने भण्डारीले नेपाल प्रहरीमा एआइजीबाट अवकाश पाएका थिए। यस्तै चौलागाइँ जनस्वास्थ्य विज्ञ र श्रेष्ठ नेपाल पर्यटन बोर्डकी पूर्वप्रबन्धक हुन्।

माधव चौलागाइँ
राजेन्द्र सिंह भण्डारी