BIZMANDU
www.bizmandu.com

होटल याक एण्ड यतीको ‘द चिम्नी रेष्टुरेन्ट’लाई ट्राभल च्वाइस अवार्ड २०२५

२०८२ मंसिर २६

होटल याक एण्ड यतीको ‘द चिम्नी रेष्टुरेन्ट’लाई ट्राभल च्वाइस अवार्ड २०२५
होटल याक एण्ड यतीको ‘द चिम्नी रेष्टुरेन्ट’लाई ट्राभल च्वाइस अवार्ड २०२५

काठमाडौं । पाँच तारे होटल याक एण्ड यतीको ‘द चिम्नी रेष्टुरेन्ट’ ट्राभल च्वाइस अवार्ड २०२५ बाट सम्मानित भएको छ। 

Vigo
GBIME
Tata

ट्रिप एड्भाइजरले द चिम्नी रेष्टुरेन्टलाई विश्वकै उत्कृष्ट भोजन गन्तव्य (ट्राभल च्वाइस अवार्ड २०२५) बाट सम्मानित गरेको हो।

अवार्ड पाएसँगै कम्पनीले यसले होटलको आतिथ्य सेवाको प्रतिबिम्ब दर्साएको जनाएको छ। 

‘यो सम्मान केवल एक पुरस्कार होइन। यसले हाम्रो ऐतिहासिक भवनभित्र बाँडिएका आत्मीय कथाहरू, फायरप्लेसको न्यानो झल्को, परम्परागत स्वादिष्ट परिकारहरूमा सादिएको कुराकानी, र हाम्रो संस्कृतिमा जरा गाडेका उत्सवहरूलाई समेट्छ,’ कम्पनीले भनेको छ।

पर्यटकको समीक्षा, पुनः भ्रमण र होटलमा बितेका अनमोल क्षणले गर्दा यो सम्मान पाउन सकेको कम्पनीको भनाइ छ।