BIZMANDU
www.bizmandu.com

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई २१.०५ प्रतिशत प्रतिफल

२०८२ मंसिर २५

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई २१.०५ प्रतिशत प्रतिफल
नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई २१.०५ प्रतिशत प्रतिफल


काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। बुधबार बसेको कम्पनी सञ्चालक समिति बैठकले सेयरधनीलाई प्रतिफल दिने निर्णय गरेको हो।

Vigo
GBIME
Tata

नेपाल लाइफका सेयरधनीले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको २१.०५ प्रतिशतले हुन आउने १ अर्ब ९० करोड ७ लाख ९२ हजार २५५ रुपैयाँ बराबरको प्रतिफल पाउनेछन्।

इन्स्योरेन्सले वितरण गर्न लागेको प्रतिफल मध्ये ५ प्रतिशत बोनस सेयर हो। करसहित १६.०५ प्रतिशत सेयरधनीले नगद लाभांश पाउनेछन्।

कम्पनिको अहिले ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजी छ। इन्स्योरेन्सको साधारण सभा र नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीका सेयरधनीले प्रतिफल पाउनेछन्।

नेपाल लाइफले आर्थिक वर्ष २०८०/८१ मा ११.०५ नगद र १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। इन्स्योरेन्सले २०७९/८० मा २१.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।