BIZMANDU
www.bizmandu.com

सुपरमाई हाइड्रोपावर पुनः सञ्चालनमा, बाढीपहिरोले गरेको क्षतिको मर्मत पुरा

२०८२ मंसिर २४

सुपरमाई हाइड्रोपावर पुनः सञ्चालनमा, बाढीपहिरोले गरेको क्षतिको मर्मत पुरा
सुपरमाई हाइड्रोपावर पुनः सञ्चालनमा, बाढीपहिरोले गरेको क्षतिको मर्मत पुरा


काठमाडौं। इलामस्थित जलविद्युत आयोजना सुपरमाई हाइड्रोपावर प्रोजेक्ट पुनः सञ्चालनमा आएको छ। गत असोजमा आएको बाढीपहिरोले क्षति गरेपछि आयोजना बन्द भएको थियो।

GBIME
Tata

विद्युत उत्पादन क्षमता ७.८ मेगावाट रहेको आयोजना मर्मतपछि सञ्चालनमा आएको हो। इलामको माई खोलामा सञ्चालित आयोजना गत सोमबारदेखि सञ्चालनमा आएको प्रवर्धक कम्पनी सुपरमाई हाइड्रोपावर लिमिटेडले जनाएको छ।

पूर्वनिर्धारित मिति भन्दा २२ महिना छिटो निर्माण सम्पन्न भएको यो आयोजना २०७५ कात्तिकदेखि सञ्चालन आएको हो। गत असोज तेस्रो साताको अविरल वर्षा र बाढीपहिरोले तीन प्रदेशका १० जिल्ला बढी प्रभावित भएका थिए। ३२ वटा जलविद्युत् आयोजना प्रभावित हुँदा सुपरमाई हाइड्रोपावर प्रोजेक्ट पनि त्यसमा परेको थियो।