काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैैंक (निफ्रा)को सञ्चालकमा लिमा अधिकारी आचार्य र मनिष थापा निर्विरोध निर्वाचित भएका छन्।
लिमा र मनिष सर्वसाधारण समूहबाट बैंकको सञ्चालक छानिएका हुन्। बैंकको मंगलबार भएको सातौं वार्षिक साधारण सभाबाट लिमा र मनिष चार वर्षका लागि सञ्चालकमा निर्वाचित भएको बैंकले जनाएको छ।
साधारण सभाले चालु आर्थिक वर्षको लेखापरीक्षणका लागि बीआरएस न्यौपाने एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गरेको छ। लेखापरीक्षणबापत कम्पनीले करसहित ८ लाख ४७ हजार ५०० रुपैयाँ पाउनेछ।