BIZMANDU
www.bizmandu.com

सुनको कारोबार मूल्य प्रति तोला एक हजार घट्यो, चाँदीमा १५ रुपैयाँको वृद्धि

२०८२ मंसिर २३

सुनको कारोबार मूल्य प्रति तोला एक हजार घट्यो, चाँदीमा १५ रुपैयाँको वृद्धि
सुनको कारोबार मूल्य प्रति तोला एक हजार घट्यो, चाँदीमा १५ रुपैयाँको वृद्धि

काठमाडौं। सुन तोलामा १ हजार रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार कारोबार मूल्य प्रति तोला २ लाख ५१ हजार रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME

सोमबार सुन तोलामा ७ सय रुपैयाँ बढेर प्रति तोला २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।आइतबार सुन प्रति तोला २ लाख ५२ हजार २०० रुपैयाँ थियो।

चाँदीको मूल्य मंगलबार बढेर प्रति तोला ३ हजार ६०० रुपैयाँ पुगेको छ। सोमबारको भन्दा चाँदी तोलामा १५ रुपैयाँ बढेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रतिऔस ४१८२.४४ डलरमा आइपुगेको छ। चाँदी प्रतिऔंस ५७.८७ डलर छ।

सोमबार सुन प्रतिऔंस ४२०८.५७ डलर र चाँदी प्रतिऔंस ५७.९९ डलर थियो।