BIZMANDU
www.bizmandu.com

पुस ९ गतेदेखि विराट ट्रेड एक्स्पो २०२५ हुने, २ लाख बढीले अवलोकन गर्ने अनुमान

२०८२ मंसिर २२

पुस ९ गतेदेखि विराट ट्रेड एक्स्पो २०२५ हुने, २ लाख बढीले अवलोकन गर्ने अनुमान
पुस ९ गतेदेखि विराट ट्रेड एक्स्पो २०२५ हुने, २ लाख बढीले अवलोकन गर्ने अनुमान


मोरङ उद्योग व्यापार संघको आयोजनामा पुस ९ गतेदेखि १९ गतेसम्म विराट ट्रेड एक्स्पो २०२५ हुने भएको छ।

Tata
GBIME
Nepal Life

संघले विराटनगर शान्तीचौकमा रहेको जिल्ला प्रहरी कार्यालयसँगै ‘विराट ट्रेड एक्स्पो२०२५’ (अन्तर्राष्ट्रियस्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी) को आयोजना गर्ने तयारी गरिरहेको जनाएको हो।

जेन्जी आन्दोलनपछि उत्पन्न भएको शिथिल तथा अनिश्चित आर्थिक गतिविधिलाई चलायमान बनाउनुका साथै स्वदेशी उद्योग र व्यवसायको प्रवर्धन, नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरिएका यस प्रदेशका अधिकांश वस्तुहरु सहित अन्तर प्रादेशिक उत्पादन र सेवाहरुको राष्ट्रिय/अन्तर्राष्ट्रिय बजार विस्तार, स्वदेशी एवं विदेशी लगानीकर्ताहरु बीच व्यवसायीक सम्बन्ध र सहकार्य स्थापना गर्नु एक्स्पोको  उद्देश्य रहेको छ।

यस्तै, कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार लगायत कैयौँ प्रवर्धनात्मककार्यहरु गराउन, औद्योगिक र  व्यवसायिक क्षेत्रको विकास एवं प्रवर्धनार्थ विशेष सहयोग पुर्‍याउन संघले यस वर्ष पनि सो एक्स्पो संचालन गर्न लागेको जनएको छ।

साथै,  यस वर्षको एक्स्पोले नयाँ र विद्यमान उत्पादन र सेवाहरु प्रदर्शन गर्न, स्वदेशी र विदेशी उत्पादनहरु प्रदर्शन गर्न, बिक्री गर्न र व्यापार र लगानीको सम्भावनाहरु बारे छलफल गर्ने उत्कृष्ट थलो हुने आशा आयोजकको छ।

साथै, उत्पादक तथा वितरकहरुलाई आफ्ना उत्पादन र सेवाहरुको प्रदर्शनी एवं देश र विदेशमा आफ्नो बजार विस्तार र विविधीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि लिइएको छ।

मोरङ–सुनसरी आर्थिक करिडोरको प्रवर्द्धन, विकास, वृद्धि र अर्थतन्त्रलाई पुनःप्राप्तिगर्ने मुख्य उद्देश्यले आयोजना गरिने यस पटकको मेलामा जर्मन प्रविधिको ह्याङगर,  अक्टानम सहितको करिब २३० स्टल मार्फत नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त प्रदेशका महत्व झल्किने कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्यतथाऔद्योगिक उत्पादनहरुको प्रदर्शनी रहनेछ। साथै, भारत, बंगलादेश, पाकिस्तान लगायतका देशमा उत्पादित वस्तुहरुको उत्पादनकर्ता र उपभोक्ताबीच सुमधुर सम्बन्धकायम गराइने पनि आयोजकले जनाएको छ।

यस एक्पोमा मुख्य प्रायोजकको रुपमा रमपम तैयारी चाउचाउ र मारुतीसिमेन्ट संयुक्त रुपमा रहनेछन्।

साथै, एक्स्पोमा दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय व्याण्डको साँस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु, सेल्फीजोन, किड्स जोन, फिस तथा जलपरी टनेल आदी रहनेछ। करिब दुई लाख दर्शकले मेला हेर्ने अनुमान गरिएको छ।