BIZMANDU
www.bizmandu.com

महालक्ष्मी विकास बैंकले पायो ‘एक्सिलेन्स इन बैंकिङ इन्नोभेसन एण्ड कस्टुमर डिलाइट’ अवार्ड

२०८२ मंसिर २२

महालक्ष्मी विकास बैंकले पायो ‘एक्सिलेन्स इन बैंकिङ इन्नोभेसन एण्ड कस्टुमर डिलाइट’ अवार्ड
महालक्ष्मी विकास बैंकले पायो ‘एक्सिलेन्स इन बैंकिङ इन्नोभेसन एण्ड कस्टुमर डिलाइट’ अवार्ड

काठमाडौं। ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षिततथा सहज बैंकिङ्ग सुविधाउपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ।

Tata
GBIME
Nepal Life

बैंक भारतको नयाँ दिल्लीमा आइतबार भएको इण्डिया बिजनेस अवार्ड कार्यक्रममा ‘एक्सिलेन्स इन बैंकिङ इन्नोभेसन एण्ड कस्टुमर डिलाइट’ विधामा सम्मानित भएको हो। कार्यक्रममा बैंकका वरिष्ठ अधिकृतले सम्मान ग्रहण गरेका थिए।

ब्रान्ड प्रतिष्ठा सुधार, ग्राहक विश्वास अभिवृद्धि, बैकिङ सेवामा नवप्रवर्तनका कार्य, वृत्ति विकासमा सुधार तथा संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा उत्कृष्ट कार्य बापत आफूले अवार्ड पाएको बैंकले सोमबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।