BIZMANDU
www.bizmandu.com

सुनको कारोबार मूल्य तोलामा ७ सयले बढ्यो, चाँदी २० रुपैयाँले घट्यो

२०८२ मंसिर २२

सुनको कारोबार मूल्य तोलामा ७ सयले बढ्यो, चाँदी २० रुपैयाँले घट्यो
सुनको कारोबार मूल्य तोलामा ७ सयले बढ्यो, चाँदी २० रुपैयाँले घट्यो

काठमाडौं। सुनको मूल्य तीन दिनपछि बढेको छ। अघिल्लो दिनको तुलनामा मूल्य तोलामा ७ सय रुपैयाँले वृद्धि भएको छ

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ५२ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ।

यसअघि शुक्रबारका तुलनामा २ सय रुपैयाँ घट्दा आइतबार तोलाको २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदी २० रुपैयाँ घट्दै प्रति तोला ३ हजार ५८५ रुपैयाँ भएको छ। आइतबार बढेर प्रति तोला ३ हजार ६०५ रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४२०८.५७ डलर र चाँदी प्रतिऔंस ५७.९९ डलर छ ।