काठमाडौं। काठमाडौंको गौशालाका विभिन्न स्थानमा शनिबार ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ। यस्तै चाबहिल क्षेत्रमा एक घण्टा लाइन काटिने भएको छ। पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतली लगायतका स्थानमा बिहान ८ देखि १२ बजेसम्म लाइन जाने भएको हो।
उक्त क्षेत्रमा विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले काम गर्दैछ। आयोजनाको अनुरोधमा ४ घण्टा लाइन काटिने प्राधिकरणको बानेश्वर वितरण केन्द्रले जनाएको छ।
मित्रपार्क पशुपति कलेज क्षेत्र, विमानस्थल फिडर अन्तर्गत गर्ने ढल किवास आयोजना, विमानस्थल आर्मी व्यारेकसम्म र बत्तीसपुतली फिडर अन्तर्गत चाबहिल दिर्घायु हस्पिटलदेखि जयवागेश्वरी हुँदै पशुपतिनाथ मन्दिरसम्म विद्युत् आपूर्ति बन्द रहने प्राधिकरणको सूचनामा छ।
यस्तै नयाँ चाबहिल नयाँबस्ती फिडर अन्तर्गत पर्ने मित्रपार्क अगाडि विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले बिहान ७ बजेदेखि एक घण्टा चाबहिलचोक र गौरीघाट चोकदेखि नयाँबस्ती पूरै क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।
तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति नियमित हुने प्राधिकरणको सूचनामा उल्लेख छ।