काठमाडौं। जापानले फागुन २१ गतेका लागि तय प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक सहयोग उपलब्ध गराउने आफू तयार रहेको बताएको छ।
नेपालका लागि जापानका राजदूत मायदा तोरुले शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको बताएका हुन्।
जापानी राजदूतले चुनाव गराउने संकल्पको सह्राहना गर्नुका साथै सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन जापान तयार रहेको बताएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ।
जापानी राजदूत तोरु दुई देशको सम्बन्धको ७०औं वर्षगाँठ मनाउने सन्दर्भमा छलफलका लागि प्रधानमन्त्री कार्कीलाई भेट्न सिहंदरबार पुगेका थिए।
प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकासमा पुऱ्याउँदै आएको सहयोगका लागि धन्यवाद दिंदै आगामी दिनमा पनि निरन्तर सहयोग-सद्भाव रहने विश्वास व्यक्त गरेकी थिइन्।