BIZMANDU
www.bizmandu.com

कसले दियो अख्तियार प्रमुखदेखि भिआइपी व्यक्तिलाई धम्की? मुख्य व्यक्ति खोज्दै प्रहरी

२०८२ मंसिर १९

कसले दियो अख्तियार प्रमुखदेखि भिआइपी व्यक्तिलाई धम्की? मुख्य व्यक्ति खोज्दै प्रहरी
कसले दियो अख्तियार प्रमुखदेखि भिआइपी व्यक्तिलाई धम्की? मुख्य व्यक्ति खोज्दै प्रहरी


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मेलमा आएको धम्कीपूर्ण पत्रले अहिले प्रहरीले सतर्कता बढाएको छ।

Tata
GBIME

केही दिन अघि अख्तियार प्रमुखलाई १० दिनभित्र राजीनामा नदिए ज्यान मार्ने धम्की मेलबाट आएको थियो। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको थियो।

प्रहरीका अनुसार राईसँगै अन्य व्यक्तिहरुलाई पनि धम्की दिइएको छ। हाल अख्तियार प्रमुख प्रेम राईदेखि पूर्व गृहमन्त्री रमेश लेखक र अन्य १० जना व्यक्तिको हकमा कडा सुरक्षा बढाइएको छ। उनीहरुको निवासदेखि कार्यक्रममा समेत प्रहरी परिचालन गरिएको छ।

एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपालको नामबाट पत्र आएको प्रहरी अनुसन्धानमा खुलेको छ। पत्रमा सो संगठनको अध्यक्ष प्रकाश पाठक रहेको उल्लेख गरिएको छ।

सो मेल भारतीय नम्बरबाट खुलेको इमेलबाट आएको प्रहरी अधिकारी बताउँछन्। अध्यक्ष भनिएका पाठक हाल नेपालमा नरहेको पनि खुलेको छ। उनीसँग जोडिएका अन्य ४ जनालाई भने प्रहरीले नियन्त्रणमा लिएका छ।

‘अहिलेसम्म ४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं। हाम्रो जानकारी अनुसार अहिलेसम्म पाठक देशभित्र भेटिएका छैनन्,’ एक उच्च प्रहरी अधिकृतले सुनाए।

प्रहरीले पाएको जानकारी अनुसार उनी फिलिपिन्समा भएको अपुष्ट जानकारी आएको छ। प्रहरीले पाठक नाम सार्वजनिक भएपछि उनीबारे जानकारी लिएको थियो। त्यसक्रममा प्रहरीमा उनीविरुद्ध केही उजुरी समेत रहेको खुलेको थियो। ठगी र कुटपिटसहित चारवटा मुद्दामा उनको संलग्नता देखिएको छ।